आज राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको साबिकको खुद्रा मूल्यमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
निगमले मूल्य वृद्धिसँगै काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १०४ रुपैयाँ र पेट्रोल र मट्टितेलको मूल्य ९० रुपैयाँ पुगेको छ । निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस