देश

शनिबार सुदूरपश्चिममा थप १६८ जनामा कोरोना पुष्टि

डडेल्धुरा, १७ साउन-सुदूरपश्चिममा थप १ सय ६८ जनामा कोरोना पुष्टि भएको छ । शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, धुलिखेल अस्पताल र सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १ सय ६८ जनामा संक्रमण पुष्टि भएको हो ।

३ वटै प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ६६ जना, बझाङका ६६ जना, अछामका २८ जना र कञ्चनपुरका ८ जनामा संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा बझाङका ४३ जना, अछामका २८ जना, कैलालीका ९ जना र कञ्चनपुरका ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

धुलिखेल अस्पतालमा भएको परीक्षणमा कैलालीका थप २७ जनामा संक्रमण देखिएको उनले बताए । धनगढी प्रयोगशालामा कैलालीका ३० र बझाङका २३ गरी ५३ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशीक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।