देश

उपचारका लागि विदेश जानु नपर्ने: स्वास्थ्यमन्त्री यादव

काठमाडौं, भदौ ३-उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले धेरै रोगको उपचारका लागि विदेश जानु नपर्ने बताएका छन्। प्रतिनिधिसभामा मंगलबार सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा उपप्रधानमन्त्री यादवले धेरै रोगको विश्वस्तरको उपचार नेपालमा सम्भव रहेको बताए।

‘नेपालका अस्पतालमा एसियामात्र होइन, युरोपका विरामी पनि आएका छन्’ विराटनगर, लाहान र नेपालगञ्जमा आँखाका विरामी ८० प्रतिशत भन्दा बढी बाहिरबाट आएका छन्’ उनले भने। क्यान्सरको उपचारमा पनि नेपालको उपचार राम्रो रहेको र धेरै विरामी विदेशबाट आउने गरेको उनको दाबी छ।

मिर्गौला प्रत्यारोपण, न्युरो सर्जरीको उपचार विश्वस्तरको छ, सफल उपचार भइरहेको छ’ उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले भने ‘हामीकहाँ सम्भव नभएको केही केस पनि छन् । त्यसको उपचार बाहिर गर्नुपर्छ।’ उनले अघि भने, ‘हाम्रो प्रयास हाम्रै देशमा उपचार होस् भन्ने हो, तर विदेशमा उपचार रोक्ने कानुन छैन।