देश

आज काठमाडौंका ३२, ललितपुरका ५ र भक्तपुरका १ जनामा कोरोना पुष्टि

काठमाडौं, १६ साउन-शुक्रबार राजधानीका ३ जिल्लामा थप ३८ जनामा कोरोना भाइर संक्रमण पुष्टि भएको छ । काठमाडौंका ३२, ललितपुरका ५ जना र भक्तपुरका १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंका ८ जना, शुकराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौं ३, ललितपुरका २ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, पाटन अस्पतालको प्रयोगशालामा काठमाडौंका २ जना, ललितपुर २ जना, वीर अस्पतालको प्रयोगशालामा काठमाडौंका १, नेपाल प्रहरी अस्पतालमा काठमाडौंका १८ जना,  ललितपुरका १ जना र नेपाल कोरियामैत्री अस्पतालमा भक्तपुरका १ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै आज देशभर २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Featured