विदेश

एक युवकमाथि दर्जन युवतीद्धारा यौन शोषण र बलात्कारको आरोप

Man's hand holding a woman hand for rape and sexual abuse concept, Wound domestic violence rape, concept photo of sexual assault, International Women's Day

एजेन्सी, भदौ ३–भाद्र ३, एक युवकमाथि दर्जन युवतीले यौन शोषण र बलात्कारको आरोप लगाएका छन्। आरोपका आधारमा उनलाई अनुसन्धानका लागि पक्राउ गर्दा आरोपी कासिम जहांगीरले ४५ युवतीमाथि यौन शोषण गरेको स्विकारेका छन्।

यो घटना पाकिस्तानको रावलपिन्डीको हो। उनलाई यो कुकृत्यमा श्रीमतीले पनि सघाउने गरेको खुल्न आएको छ। पुलिसले आरोप कासिम जहांगीर र उनकी श्रीमती किरण महमूदलाई पक्राउ गरेको छ यो जोडीले युवतीहरुलाई यौन शोषण गरेर फोटो र भिडियो बनाउने गर्दथे । अश्लील फोटो–भिडियोलाई एडल्ट साइटमा बेच्ने गर्दथे।

ट्रिब्यून डट कम डट पिकेको रिपोर्ट अनुसार आरोपी जोडीले कम्तीमा १० पीडितको भिडियो बनाएको स्विकारेका छन्। स्थानीय पुलिस अधिकारी मोहम्मद फैसल राणाले अल्लामा इकबाल ओपन युनिभर्सिटीकी एक एमएमसीकी छात्राले उजुरी दिएपछि पुलिसले कारवाही गरेको हा।

एमएमसीमा पढ्ने विवाहित छात्राले पुलिसलाई आफूलाई जोर्डन कलेज बाहिरबाट अपहरण गरेर चक्कु देखाएर धम्काइएको र आरोपीको घरमा लगिएको बताइन्। त्यसपछि कासिमले आफूलाई बलात्कार गरेको र किरणले त्यतिबेला भिडियो बनाएको जानकारी दिइन्।

पछि आफूलाई भिडियो र फोटो देखाएर ब्ल्याकमेल गरिएको र राती छोडिएको पनि उनले उल्लेख गरिन्। मिडिया रिपोर्टका अनुसार आरोपीले ८ देखि १२ वर्षका बालिकाहरुमाथि पनि यस्तो गरेको स्विकार गरे।

आरोपीको घरबाट पुलिसले युवतीको आपत्तिजनक भिडियो र फोटो बरामद गरेको छ। पुलिस अधिकारीका अनुसार यो जोडीले भिडियो र फोटोलाई एक अन्तरराष्ट्रिय पोर्न वेबसाइटलाई पनि बेचेका थिए।

पुलिसका अनुसार ल्यापटप, हार्डडिस्क र दुई मोबाइल फोन जफत गरेर फरेन्सिक जाँचका लागि पठाइएको छ। खाटका तन्ना, टिश्यू पेपर र अन्य कागजात पनि डिएनएन अनुसन्धानका लागि दिइएको ।

पुलिसका अनुसार जोडीले दुई उद्देश्यसहित यी अपराध गरेका हुन्। उनीहरु ब्ल्याकमेल गरेर पीडित महिलाको परिवारसँग पैसा उठाउन चाहन्थे भने अन्तरराष्ट्रिय सेक्स ट्रेडर्सलाई भिडियो आपूर्ती गरेर पैसा कमाउन चाहन्थे।

Featured