देश

लामिछाने सहित तीनैजनालाई अदालतमा उपस्थित गराईयो

चितवन, भदौ ३–टेलिभिजन पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका संचारकर्मी रबी लामिछाने सहित तीनै जनालाई मंगलबार अदालतमा उपस्थित गराईएको छ।

आज बिहान १० बजे पत्रकार पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका लामिछाने सहित युवराज कँडेल र रुकु भनेर चिनिने अस्मिता कार्कीलाई म्याद थपको लागि चितवन जिल्ला अदालतमा उपस्थित गराईएको हो।

यस भन्दा अघी पनी अनुसन्धानको लागि भनी पाँच दिनको म्याद थप गरी रबी सहित पक्राउ परेका तिनै जनालाई हिरासतमा राखिएको थियो तर अनुसन्धान नसकिएको हुनाले आज छैठौ दिन म्याद थपको लागि रबी सहित तीनै जनालाई अदालतमा उपस्थित गराईएको छ।

चितवनका प्रहरी प्रमुख एसपी दान बहादुर मल्लका अनुसार आज अदालतबाट म्याद थप वा मुद्ध दर्ता मध्य एक हुनेछ। जिल्ला अदालत चितवनका श्रेष्तेदार रुद्रमणि गिरीले अनुसन्धानको फाइल अनुसरमा अदालतको प्रकृया अघि बढ्ने बताए ।उनले भने ‘कुन रुपमा फाइल पेस हुन्छ, त्यही अनुसारको प्रकृया अघि बढ्छ ।’ व्यवसायी उपस्थित भए आज पनि बहस हुने उनी बताउँछन्।

साउन २० गते चितवनस्थीत होटल कंगारुमा आत्महत्या गरेका पुडासैनीले आत्महत्या गर्नु अघी खिचेको भिडियोमा आफूले आत्महत्या गर्नुको दोषी लामिछाने, कँडेल र कार्की भनिएको भिडियो सार्वजनिक भएपछी लामिछाने सहित तीनै जनालाई पक्राउ गरिएको थियो।