मनोरंजन विदेश

सुशान्तका बुबाले हाले रियाविरुद्ध मुद्दा

एजेन्सी, साउन १४-अभिनेता सुशान्तसिंह राजपुतका बुबा केक सिंहले सुशान्तकी प्रेमिका रिया चक्रवर्तीविरुद्ध मुद्दा दर्ता गरेका छन् । सुशान्तलाई आत्महत्या गर्न दुरुत्साहित गरेको भन्दै केकले पटना प्रहरीमा रियाविरुद्ध मुद्दा दर्ता गरेका हुन् ।

आत्महत्या गर्नुभन्दा केही समय अगाडिसम्म सुशान्त र रियासँगै थिए । तर, सुशान्तको आत्महत्याको समय रिया र सुशान्तबीच खटपट सुरु भएको थियो । सुशान्तको मृत्युपछि निर्देशक महेश भट्टसँग पनि रियाको नाम जोडिएको थियो । सुशान्तको आत्महत्याको विषयमा प्रहरीले रियासँग बयान लिइसकेको छ । तर, बयानमा बोलिएका कुरा सार्वजनिक भएका छैनन् । केक सिंहको उजुरीपछि प्रहरीले रिया र सुशान्तको विषयमा प्रमाण जुटाइरहेकाे छ । उता, रिया पनि आफ्नो वकिलसँग भेटघाट गरिरहेकी छन् ।

Featured