देश मनोरंजन

कलाकार गोपाल राउतको मृत्यु

काठमाडौं, १३ साउन-कलाकार गोपाल राउतको मृत्यु भएको छ । अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका उनको हृदयाघातका कारण मृत्यु भएको हो ।उनका एक श्रीमती, दुई छोरा र एक बुहारी छन् । गोपालको स-परिवार केही वर्षदेखि अमेरिकामै बस्दै आएकाे थियाे ।

गोपालले धेरै चर्चित टेलिशृंखला तथा चलचित्रमा काम गरेका छन् । उनी अभिनित चलचित्रहरूमा ‘१६ वर्षे जोवन, अर्जुन, प्रेमयुद्ध, दोधार’ लगायत छन् ।

खासै दर्शकमाझ परिचित नभए पनि अभिनयको हिसाबमा पनि गोपालले तारिफ नै पाउने गर्थे । अहिले धेरै चलचित्रकर्मीहरूले गोपाललाई श्रद्धाञ्जलिका शब्दहरू लेखिरहेका छन् ।