मनोरंजन विदेश

सुशान्त सिंहको ‘दिल बेचरा’ले बनायो रेकर्ड

एजेन्सी, साउन ११-स्वर्गीय अभिनेता सुशान्ति सिंह राजपुत अभिनित अन्तिम चलचित्र ‘दिल बेचरा’ रिलिज भएको छ । डिजिटल प्ल्याटफर्म ‘डिज्नी प्लस हटस्टार’मा रिलिज भएको यस चलचित्रले नयाँ रेकर्ड नै बनाएको छ ।

डिजिटल प्ल्याटफर्ममा रिलिज भएका चलचित्रहरूमध्ये सबैभन्दा उच्च रेटिङ पाउने चलचित्रको सूचीमा ‘दिल बेचरा’ परेको छ । सुशान्तलाई श्रद्धाञ्जलिस्वरुप दर्शकले यस चलचित्रलाई उच्च रेटिङ दिएका छन् ।

चलचित्र रिलिज भएको केही समय यस चलचित्रको रेटिङ १०/१० थियो । चलचित्रलाई सबैले रुचाएका थिए । तर, अहिले भने चलचित्रको रेटिङ केही घटेको छ । अहिले चलचित्रले ९.८ रेटिङ पाएको छ ।

रिलिज भएको २४ घण्टा भन्दा कम समयमा ७ करोड ५० लाख भन्दा बढी भ्युज पाएको यस चलचित्रले दर्शक तथा समीक्षकबाट पनि राम्रो प्रतिक्रिया पाएको छ । मुकेश छावराको निर्देशनमा बनेको यस चलचित्रमा सञ्जना साँघीको पनि मुख्य भूमिका छ ।

Featured