खेलकुद विदेश

लुकाकुकाे गाेलमा इन्टर मिलानकाे शानदार जित

एजेन्सी, ११ साउन-रोमेलु लुकाकु र एलेक्सिस सान्चेजकाे गाेलमा इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले महत्त्वपूर्ण जित निकालेको छ । लुइजी फेरारीमा शनिबार राति इन्टरले घरेलु टाेली जिनोआविरुद्ध ३-० गोलकाे जित निकालेकाे हाे ।

इन्टर मिलानकाे जितमा लुकाकुले २ तथा सान्चेजले १ गोल गरे । जिनोआविरुद्धकाे जितसँगै इन्टर मिलान ३६ खेलबाट ७६ अंक जाेड्दै दोस्रो स्थानमा उक्लिएको छ । शीर्षस्थानको युभेन्टसको ३५ खेलबाट ८० अंक छ । ७५ अंकका साथ एटलान्टा तेस्राे स्थानमा छ । पराजित जिनोआ भने ३६ अंकका साथ १७औँ स्थानमा छ।

Featured