काठमाडौं, भदौ ३-नेपालमा चाडपर्व नजिकिँदै गर्दा सुनचाँदीको बजार मूल्य धेरै नै सुस्ताएको छ। सुनचाँदीको भाउ अन्तर्राष्ट्रिय बजारमै महँगो भएसँगै चाडपर्वएको मुखमा समेत नेपाली बजारमा सुनचाँदी बजार सुनसान भएको हो।
पछिल्लो समय सुन किन्नेभन्दा बेच्ने ग्राहक धेरै आउने गरेको सुनचाँदी व्यवसायीहरु बताउँछन्। सुनचाँदी व्यवसायी हरिकृष्ण श्रेष्ठले भने, ‘सुनको कारोबार ठप्प छ।’
उनले चाडपर्व नजिकिँदै गर्दा सुनको धमाधम अर्डर आउनुपर्नेमा कारोबारमा नै शून्य भएको बताए। उनको गुनासो छ, ‘सानोतिनो ऋण व्यापार गर्ने हामीजस्तालाई ह्रो भयो।’
प्रतिक्रिया दिनुहोस