देश

मिस नेपाल अनुष्का राष्ट्रिय बाणिज्य बैंकको ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं, भदौ २-मिस नेपाल अनुष्का श्रेष्ठलाई राष्ट्रिय बाणिज्य बैंकले ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ।

सोमबार राष्ट्रिय बाणिज्य बैंकले आफ्नो केन्द्रीय कार्यालयमा एक कार्यक्रमकाबीच मिस नेपाल २०१९ बिजेता अनुष्का श्रेष्ठलाई ब्रान्ड एम्बासडरको रुपमा नियुक्त हो। बाणिज्य बैंकले आफ्नो व्यवसाय प्रवद्र्धनमा मिस नेपाल अनुष्का श्रेष्ठको सहभागिताले महत्वपूर्ण भूमिका खेल्ने बताएको छ।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रा.लि. बिच भएको सम्झौता अनुसार श्रेष्ठलाई एम्बासरडर नियुक्त गरिएको हो। राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले ब्यबसायी र बैंकका ग्राहक तथा सर्वसाधारण मा भएको बिगतको छविलाई यो सम्झौताले सकारत्मक प्रभाव पार्ने बताए।

मिस नेपाल श्रेष्ठले आफ्नो सहभागिताले जन मानसमा आर्थिक साक्षरता बित्तिय साक्षरता वृद्धि गर्न सहयोग पुग्ने विश्वाश लिएको बताइन्।

Featured