विदेश

बेइजिङमा थपिएनन् नयाँ सङ्क्रमित, देशभरी १६ जना मात्र भेटिए

काठमाडौं, ४ साउन-चीनको राजधानी बेइजिङमा शनिबार कोरोनाभाइरसबाट सङ्क्रमणका कुनै पनि बिरामी नथपिएको अधिकारीहरुले जनाएका छन् ।  स्थानीय अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार निरन्तर पछिल्लो १३ दिनमा कुनै पनि सङ्क्रमित थपिएको छैन

यसैबीच चीनमा देशभरी पछिल्लो २४ घण्टामा १६ जना मात्र सङ्क्रमित भेटिएका छन् । तीमध्ये १३ जना आन्तरिकरूपमा सङ्क्रमित हुन् भने अरु अन्य ठाउँबाट आएका सङ्क्रमित हुन् ।

जोन हकिन्स विश्वविद्यालयले दिएको जानकारी अनुसार विश्वभरी अहिलेसम्म १ करोड ४२ लाख ४१ हजारभन्दाबढी मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । त्यसैगरी कोरोनाभाइरसकै कारण विश्वभरी अहिलेसम्म ६ लाख १ हजार ४ सय ५५ जनाको मृत्यु भएको पनि विश्वविद्यालयले जनाएको छ ।

Featured