खेलकुद विदेश

नर्विच सिटीलाई हराउँदै बर्नली नवाैँ स्थानमा

एजेन्सी, साउन ४-इंग्लिस प्रिमियर लिगमा नर्विच बर्नलीले नर्विच सिटीलाई पराजित गरेको छ । क्याराे राेड स्टेडियममा शनिबार राति बर्नलीले घरेलु टाेली नर्विचलाई २-० ले पराजित गरेको हो ।

खेलको ३५औँ मिनेटमा इमिलियानो बुन्डिया तथा ४५औँ मिनेटमा जोसिप ड्रिमिकले रातो कार्ड पाएपछि नर्विच ९ खेलाडीमा सीमित बनेकाे थियाे ।  बर्नलीकाे जितमा पहिलो हाफको इन्जुरी समयमा क्रिस वुड तथा ८०औँ बेन गाेडफ्रेले गाेल गरे ।

जितसँगै ३७ खेलबाट ५४ अंक बनाउँदै बर्नली लिगको नवौँ स्थानमा उक्लिएको छ । रेलिगेसनमा रहेकाे नर्विच २१ अंकका साथ २०औँ  स्थानमा छ ।

Featured