खेलकुद विदेश

म्यानचेस्टर सिटीलाई पराजित गर्दै आर्सनल एफए कपको फाइनलमा

एजेन्सी, साउन ४-डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीलाई पराजित गर्दै आर्सनलले एफए कपको उपाधि भिडन्त पक्का गरेकाे छ । वेम्वली स्टेडियममा शनिबार राति १३ पटककाे च्याम्पियन आर्सनलले सिटीलाई २–० ले पराजित गरी फाइनल भिडन्त पक्का गरेकाे हाे ।

आर्सनलको जितमा दुवै गोल कप्तान पिएरे एमिरिक अवामेयाङले गरे । उपाधिका लागि अब आर्सनलले चेल्सी र म्यानचेस्टर युनाइटेडबीच आज राति हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

Featured