देश

कारमा लुकाएर लैजादै गरेको लागुऔषध सहित २ पक्राउ

विाटनगर, भदौ २–सुनसरीको धरान उप–महानगरपालिका–८ तिनकुने बाट कारमा लुकाएर लैजादै गरेको लागुऔषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान–१५ का ३९ वर्षिय रुभिन श्रेष्ठ र धरान–२ का ५६ वर्षिय बनबरीलाल शर्मा रहेका छन् ।

उनीहरुलाई अस्थायी प्रहरी पोष्ट तिनकुनेबाट चेकिङमा खटिएको प्रहरीको टोलीले ईटहरी बाट धरानतर्फ जाँदै रेको को२च १०२१ नम्बरको कारलाइ चेकजाँच गर्ने क्रममा लुकाइ छिपाई ल्याउदै गरेको अवैध लागुऔषध सहित पक्राउ गरेको हो । उनीहरुका साथबाट लाईलेक्स–२८ बोतल फेला पारेको थियो । लागुऔषध सहित पक्राउ परेका उनीहरु र कारलाई ईलाका प्रहरी कार्यालय धरानमा राखि थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

Featured