देश

संरक्षित एक दर्जन सुन गोहोरोसहित एक व्यक्ति पक्राउ

विराटनगर, भदौ २–मोरङ प्रहरीले संरक्षित एक दर्जन सुन गोहोरोसहित एक जनालाई पक्राउ गरेको छ । मोरङ सुनवर्षी नगरपालिका वडा नं. ८ हर्चनगढी स्थित सिक्टी– डायनिया भित्री सडक खण्डबाट प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका–६ का ५९ वर्षिय जसबहादुर धिमाललाई १२ वटा जिउदो सुन गोहोरासहित पक्राउ गरेको हो ।

सिक्टीबाट डायनिया तर्फ आउदै गरेका साईकल यात्री धिमाललाई प्रचौ सक्टीबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा प्लाष्टिकको बोरामा ल्याई राखेको जंगली सकुशल अवस्थाको जिउँदो सुन गोहोरो १२ वटा फेला पारेकथो थियो । बरामद गरिएका सुन गोहोरोसहित पक्राउ परेका धिमाललाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय मोरङ विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।

यति धेरै संख्यामा गोहोरोसहित पक्राउ परेका व्यक्तिमाथि कारबाही अघि बढाउन अनुसन्धान अधिकृतनै तोकेर अनुसन्धान थालिएको घिमिरेको भनाइ छ । सुन गोहोरो सरीसृप वर्गमा पर्ने दुर्लभ जीव हो । यो मुख्यतया नेपाल, भारत, पाकिस्तान र बंगलादेश लगायतका दक्षिण एसियाका भूभागहरूमा पाइन्छ ।

Featured