खेलकुद देश

नयाँ टी-ट्वान्टी वरियतामा नेपाल ११ औं स्थानमा यथावत

काठमाडौं, भदौ २-अन्तराष्ट्रिय क्रिकेट परिषदको नयाँ टी-ट्वान्टी वरियतामा नेपाल ११ औं स्थानमा यथावत रहेकाे छ।

आईसीसीले सोमबार सार्वजनिक गरेको नयाँ टी-ट्वान्टी वरियतामा नेपालले १४ खेलबाट २०१ अंक पाउदै ११ स्थानमा कायम रहेकाे छ। नेपालले पछिल्लाे पटक ६ वटा टी-२० खेल खेलेकाे थियाे। जसमा उसले गत महिना मलेसियासँगको दुई खेलको टी-ट्वान्टी र सिंगापुरमा सम्पन्न आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनल खेलेकाे थियाे। जसमा उसले कुल ६ खेलमा ४ मा जति र २ हार ब्यहाेरेकाे थियाे।

एसोसियट राष्ट्र मध्यमा नेपाल शिर्ष बरियतामा रहेकाे छ। नेपाल भन्दा मुनी जिम्बावे र आयरल्याण्ड रहेका छन्। नेपाल टेष्ट राष्ट्र बंगलादेशभन्दा १ रेटीङ अंकले पछि रहेको छ।

आईसीसीले सार्वजनिक गरेको एकदिवसीय वरियतामा पनि नेपाल १५ औं स्थानमा यथावत रहेको छ। नेपालले ८ खेलबाट १५२ रेटीङ अंक पाएको छ।