देश

सुमार्गीको ‘हेलो नेपाल’ को लाइसेन्स खारेज

काठमाडौं, भदौ २-नेपाल दूरसञ्चार प्राधिकरणले सुमार्गीको हेलो नेपाल को लाइसेन्स खारेज गरिदिएको छ।

हेलो नेपाल नामक मोबाइल सेवा सञ्चालनका लागि प्राधिकरणबाट पाएको लाइसेन्स खारेज गरिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए।
आइतबार बसेको प्राधिकरण बोर्ड बैठकले व्यवसायी अजयराज सुमार्गीको स्वामित्वमा रहेको उक्त कम्पनीको लाइसेन्स खारेज गर्ने निर्णय गरेको हो।

कम्पनीले प्राधिकरणलाई बुझाउनुपर्ने रोयल्टी तथा नविकरण शुल्क बापतको ८० करोड रुपैयाँ तोकिएको समयमा नदिएका कारण खारेज गरिएको खनालले जानकारी दिए। प्राधिकरणले यसअघि कम्पनीलाई जेठ मसान्तको अन्तिम समयसीमा दिएको थियो।

त्यसबेला नतिरेपछि समय सारेर भदौ १ सम्म नतिरे लाइसेन्स खारेज गरिदिने निर्णय गरेको थियो।