NRNA खबर साहित्य

बहुप्रतिभाका धनी जीवा लामिछाने

काठमाडौँ, २ भदौ–५३ वर्षिय जीवा लामिछाने लामिछानेको परिचय एक मात्र छैन। उनी एक सफल व्यवसायी मत्र होइनन् नेपाली साहित्यलाई विश्व जगतमा जोड्ने अभियानमा पनि निकै सकृय छन्। विश्वभर रहेका नेपालीहरूलाई एकत्रित गर्ने, नेपाली भाषा, साहित्य, कला र संस्कृतिलाई विश्वसँग जोड्ने महान अभियानमा हाल उनि सकृय छन्। गैरआवासीय नेपालीहरूको छाता संगठन गैरआवासीय नेपाली संघका पूर्वअध्यक्षसमेत रहेका लामिछाने हाल नेपालको आर्थिक विकास र समृद्धिका लागि बैंकिङ, विद्युतलगायतका विविध क्षेत्रको विकासमा समेत उत्तिकै सकृय छन्।

व्यापार व्यावसायको सिलसिलामा विश्वका अधिकांस देशहरूको भ्रमण गरिसेका लामिछानेले पछिल्लो समय नेपाली सहित्यको विकासका निम्ति साहित्य लेखनलाई पनि प्राथमिकतामा राख्दै आएका छन्। नियात्रा लेखनमा विशेष रुचि राख्ने लामिछानेको केही समय अघि ‘सरसर्ती संसार’ नियात्रा कृति प्रकाशित भने उनी चाँडै नै अर्को नियात्रा कृति प्रकाशनको तयारीमा जुटेका छन् ।

यस्तो छ लामिछानेको पृष्ठभुमि
चितवन जिल्लाको पदमपुरमा सन् १९६७ मा पिता खेमलाल र आमा हरिकालाको कोखबाट जन्मिएका लमिछाने सानैदेखी निकै मेहनती थिए । प्ररम्भीकदेखी एसएलसी सम्मको अध्ययन स्थानीय विद्यालयबाट गरेका उनले १९ वर्षकै उमेरमा सिभिल ओभरसियर उतिर्ण गरेका हुन्। त्यसपछी उच्च शिक्षा अध्ययनको सिलसिलामा सोभियत संघ गएका उनले इन्जिनियरिङमा त्यहाँ स्नातकोत्तर तह सम्मको अध्ययन पुरा गरेका छन्।

सानैदेखी पढ्नमा अब्बल भएकै कारण लामिछाने सरकारी छात्रबृत्तिमा अध्ययनका लागि सोभियत संघ पुगे । नेपालमा पञ्चायतको दबदबा रहेको तत्कालिन समयमा प्राजातन्त्र प्राप्तिको आन्दोलन चरम उत्कर्षमा पुगेको थियो। १९८६ देखि सोभियतसंघको विश्विद्यालयमा अध्ययन गरेका लामिछानेले १९९२ मा स्नातकोत्तर सम्मको अध्ययन पुरा गरे। सन् १९९१ मै विशाल सोभियत संघ विघटन भयो। सन् १९१७ को अक्टुबर क्रान्तिपछि साम्यवादी प्रणालीबाट अघि बढिरहेको तत्कालीन सोभियत संघ विघटनपछि खुला बजार अर्थतन्त्रमा प्रवेश गरेपछी लामिछानेको व्यावसायिक याता सुरु भएको हो ।

विद्युतीय सामग्रीबाट व्यवसायीक यात्रा
सुरुमा थोरै पुजिबाट विद्युतीय सामग्रीहरूको बिक्री सुरु गरेका लामिछाने आज विश्वकै सफल व्यवसायी मध्येका एकमा पर्दछन् । सन् १९९२ सालतिर चल्तीका ब्राण्डहरु सोनी, पानासोनिक, क्यानन कम्पनीका टीभी, कम्प्युटर र क्यामेराहरू सिंगापुर, युएई, जर्मनीलगायतका देशबाट सोभियत संघ लगेर बेच्ने गरेको उनी स्मरण गर्छन् । उनी भन्छन् ‘मैले पढाइ गरिसकेपछी सोभियत संघ खुला बजार अर्थतन्त्रमा प्रवेश गर्नुले पनि मेरो व्यावसायिक यात्रामा सहजता भयो । त्यहि यात्रा आज सम्म निरन्तर चलिरहेको छ।’

सो समयमा बजारमा कम्पनीहरुको एकाधिकार जस्तै रहेपनि हाल बजारमा विविधता आइसकेको लामिछाने बताउँछन् । ‘त्यसबेला सीमित कम्पनीहरू थिए । उनीहरुको एकाधिकार जस्तै थियो’, उनी भन्छन् ‘अहिले विश्व बजार नै धेरै प्रतिस्पर्धी भइसकेको छ । उत्पादनमा विविधता छ ।’

यस्तो प्रतिस्पर्धा र विविधताले विश्व बजारलाई अझ सशक्त बनाउने र उपभोक्तालाई पनि फाइदा पुग्ने लामिछानेको तर्क छ । अन्तराष्ट्रिय बजारमा पनि राम्रै लगानी गर्दै आएका लामिछाने पछिल्लो समय स्वदेशकै अर्थ तन्त्रमा टेवा पुर्याउन तल्लिन छन् ।

उनी यतिवेला स्वदेशमै बढी केन्द्रित छन् । लामिछाने देशभित्रकै बैंक, सञ्चारमाध्याम,हाइड्रो पावर, होटलहरूमा लगानी बढाउने सोचमा छन् । उनी भन्छन् ‘मुलुकलाई अहिले लगानीको खाँचो छ । लामो समयदेखी मुलुक संक्रमणकालको आस्थाबाट गुज्रियो । देशमा राजनितिक स्थितरता थिएन । बल्ल अब मुलुकले स्थायी सरकार पाएको छ । अहिले देश समृद्धिको दिशामा अघि बढीरहेको छ , त्यसैले अहिलेको अवस्थामा हामीबाटै लगानी हुनु देशलाइ पनि सहयोग पुर्याउनु हो ।’
लामिछाने आफुले मात्र नभई विदेशमा रहेका सम्पूर्ण नेपालीलाई स्वदेशमा लगानीका लागि प्रोत्साहन गर्दै आएका छन् । उनले भने ‘जीवन निर्वाहका क्रममा जहाँ जता बसे पनि आखिर यो देशप्रति हाम्रो कर्तव्यबाट पन्छिनु हुँदैन ।’

यात्रानै लामिछानेको रुची
लामिछानेको सवैभन्दा रुचीको क्षेत्र यात्रा हो । उनलाइ विभिन्न ठाउँहरू घुम्नु, नयाँनयाँ दृश्यहरू हेर्नु, नयाँ, रोचक सभ्यता र संस्कृतिहरूबारे बुझ्नु लामिछानेको सानैदेखीको रुची हो । ‘घुम्नु पढ्नुभन्दा धेरै ज्ञान लिनु हो’, लामिछाने भन्छन्, ‘पढेको भन्दा देखेको बढी प्रभावकारी हुन्छ, मलाई पढेर कुनै ठाउँको जानकारी लिनुमा भन्दा स्वयं त्यहाँ पुगेर थाहा पाउनु उचित ठान्छु ।’

अध्ययनकै समयमा हुने दुई महिने विदामा युरोपका विभिन्न स्थानमा एक्लै घुमेर बिताएको उनी स्मरण गर्छन् । घुम्नका लागि मात्रै घुम्ने नभई जहाँ पुगे पनि त्यहाँको भौगोलिक, ऐतिहासिक, सांस्कृतिक, सामाजिक, राजनीतिक अवस्थाका विषयमा सोधखोज गर्न उनको विषेशता हो । साथीभाइ, आफन्त, परिवारका सदस्यहरूसँग सामूहिक घुमाइ भन्दा एक्लै घुम्दा निकै गहन खोज र अध्ययन गर्न पाइने उनको अनुभव छ ।

घुम्दैगर्दा कुटाई पनि खाइयो : लामिछाने
विभिन्न देश र स्थानको अध्ययन तथा अवलोकन भ्रमण गरेको मात्र ३२ वर्ष पुगेको लामिछानेले बताए । घुम्दै गर्दा जिवनमा थुप्रै उप्रत्याशित घटना भसमेत भएका छन् । एक दिन साँझतिर पूर्वसोभियत संघमा तीन जना साथीहरू घुम्न निस्किएका बेला एउटा समुहले उनीहरु माथि हातपानै गरेको स्मरण उनको मस्तिष्कमा अझै ताजै छ । काजकस्तानी युवतीको विषयमा दुई समुहबीच भिडन्त भइरहेको समयमा अनाहकमा आफुहरुले पिटाइ खानुपरेको उनले बताए । उनले भने,‘एक्कासि आएर हामीलाई कुट्न थाले, जसो तसो भाग्न त सफल भयौँ तर, खल्तिको पर्स समेत लगिदिएर बेखर्ची बनाइदिए ।’

सामाजिक सञ्जालले लेख्न हौस्यायो
पहिल्यैदेखी लामिछाने डायरी लेखनलाई निरन्तरता दिँदै आएका छन् । नौलो ठाउँमा जाँदा, नौला मान्छे भेट्दा, नौलो सन्दर्भ र चिज फेलापर्दा लेखिएको डायरी निकै फलदायी बनेको लामिछानेको अनुभव छ । साहित्य प्रतिको झुकाव पनि उनको सानैदेखीको हो ।

साहित्यप्रतिको आफ्नो झुकाव र रुचि लेखनमा प्रकट हुन नपाए पनि लामिछाने उबेला रसियन साहित्यको अध्ययनमा निकै चाख राख्थे । रसियन साहित्यमा सबैथोक भएको उनको दावी छ । जीवन, समाज, राजनीति, मान्छेका पीडा, युद्ध आदि धेरै विषयहरु रसियन साहित्यमा एकमुष्ठ अहिले पनि पढ्न पाइने लामिछानेले जानकारी दिए । सोभियत साहित्य आफैँमा समृद्ध मानिन्छ ।

सोभियत संघमा साम्यवाद कायम भइको अवस्थामा राज्य आफैँले लगानी गरेर रसियन साहित्यको विश्वका विभिन्न भाषामा अनुवाद गरेर विश्वभर प्रचार पनि गर्ने गरेको उनले सुनाए । उनले भने ‘त्यो एक प्रकारको प्रोपोगण्डा नै थियो, रसियन साहित्य धनी र प्रभावशाली छ भन्ने देखाउन यसो गरिन्थ्यो ।’

लमिछाने पछिल्लो सूचना प्रविधिमा भएको विकास, त्यसमा पनि सामाजिक सञ्जालको आगमनपछिको अवस्थाले आफूलाई लेखक बनाएको दावी गर्छन् । लमिछानेले घुमेका अनौठा, रमाइला ठाउँ र त्यहाँका सामाजिक, सांस्कृतिक विषयहरूबारे सामाजिक सञ्जालमा लख्न थालेका थिए ।

सामाजिक सञ्जालमा लेखेका विषयहरू पढेपछि साथीभाइ र आफन्तले ‘तपाईंले लेख्नुपर्छ’ भन्ने सुझाव दिन थालेपछि अझ अझ लेखनमा हौसिएको उनको भनाइ छ। लमिछानेले हाल सम्म २९ वटा नियात्रा लेखेका छन् । तिनै नियात्रालाई पुस्तकको रूप दिन सवैको,सल्लाह सुझाव अनुसार पहिलो नियात्रा कृति ‘सरसर्ती संसार।’ प्रकाशित भएको छ ।

‘सरसर्ती संसार’मा आफूले घुमेका, देखेका र घुमाइका क्रममा अनुभूत गरेका विषय र सन्दर्भलाई प्रस्तुत गरेको लामिछानेले बताए । उनले कथा र निबन्ध लेखेपनि नियात्रामा जस्तो अन्यमा खुल्न नसकेको महसुस् गरेका छन् । ‘कला पक्षमा धेरै मिहिनेत गरिहरन नपर्ने र सलल सोझै बगिरहन पाइने हुँदा सायद नियात्रा मनपरेको हो ।’ उनले भने ‘नियात्रामा आफ्ना नितान्त व्यक्तिगत अनुभूति पनि राख्न सकिन्छ ।’

अनुवाद विना नेपाली साहित्य ओझेलमा
लमिछाने नेपाली साहित्य पनि विश्वस्तरमा उभिएको बताएका छन् । विश्वमा नेपाली साहित्य स्थापित गर्न केही प्रयास भएपनि राज्य र निजी क्षेत्रबाट चासो र लगानी हुन नसकेको उनको भनाइ छ । उनले भने,‘यसो नहुनु नेपाली साहित्यका निम्ति दुर्भाग्य हो ।’ लामिछानेले नयाँमा पनि निकैस्तरीय सर्जक र सिर्जना आइसकेके बताउँदै भन्छन् ‘वीपी कोइराला, देवकोटा आदिका रचना स्तरीय अनुवाद गरेर विश्वस्तरमा पठाउन सकिन्छ । तर, यसका लागि स्तरीय अनुवादक र प्रभावकारी वितरकको आवश्यकता पर्छ ।’

लामिछानेले एनआरएन नेपाली साहित्यको विश्वव्यापीकरणमा लागिपरेको खावी गरे । साहित्य उपसमिति नै बनाएर विश्वभर नेपाली साहित्यको प्रवद्र्धनमा लागिपरेको उनी बताउँछन् । उनले नेपाल प्रज्ञाप्रतिष्ठानसँग मिलेर विभिन्न कामहरू गरेको जानकारी दिए । उनले भर्खरै मात्र २०० जना नेपाली कविका कविता अंग्रेजी भाषामा अनुवाद गरिएको र विभिन्न स्थानमा साहित्यिक कार्यक्रम र प्रकाशन भइरहेको लामिछाने बताए ।

Featured