देश

कर्णालीमा कोरोनाः ४७ जना थपिए, ४७ जना निको भए

सुर्खेत, २९ असार-कर्णालीमा सोमबार कोरोना संक्रमित हुने र कोरोना संक्रमण निको हुनेको संख्या बराबर रहेको छ । पछिल्लो २४ घण्टामा ४७ जनामा कोरोना संक्रमण देखिएको छ भने ४७ जनाले कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका छन् ।

प्रदेश अस्पताल/पशुपंक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेत जिल्लाका ४१ जना, दैलेख २ जना जाजरकोट र बाँके १/१ जना गरि जम्मा ४५ जना र रुकुमपश्चिमको चौरजहारी नगरपालिकाको पिसिआर प्रयोशशालामा परीक्षणमा रुकुमपश्चिम २ जना गरि जम्मा ४७ जनामा कोरोना संक्रमण देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्र्तगतको स्वास्थ्य महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले बताए ।

‘आजका दिनमा डिस्चार्ज हुने र संक्रमण हुनेको संख्या बराबर रहेको छ,’ उनले भने, ‘४७ जना थप कोरोना संक्रमित हुदा संक्रमण जित्नेको संख्या पनि ४७ पुगेको छ ।’

कर्णालीमा कोरोना संक्रमितको संख्या १ हजार ६६३ पुगेको छ । सोमबार सल्यान जिल्ला अस्पतालबाट ३४ जना, सुर्खेतको वीरेन्द्रनगर आइसोलेसनबाट १२ जना र दैलेखको आठबीस नगरपालिकाको आइसोलेसनबाट १ जना गरेर जम्मा ४७ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएको डा.तिवारीले बताए ।

‘कोरोना संक्रमण जित्नेको संख्या १ हजार ४५५ पुगेको छ,’ उनले भने, ‘हाल कोरोना संक्रिय संक्रमित २०२ जनाको विभिन्न अस्पताल र ओइसोलेसनमा उपचार भइरहेको छ ।’ कर्णालीमा कोरोनाका कारणले ६ जनाको मृत्यु भएको डा.तिवारीले बताए ।

Featured