देश

प्युठानमा स्थानीयवासीले कराएर सलह खेदाए

काठमाडौं, २९ असार-आइतबार नेपाल प्रवेश गरेको सलहको झुण्ड अहिले प्युठानको झिमरुक गाउँपालिका आसपासमा उडेर बालीनाली नोक्सानी गर्न थालेको छ ।दाङको गढवा हुँदै नेपाल आएको झुण्ड केही समयदेखि झिमरुकको माथितर्फ घुमिरहेको र बस्न खोज्दा स्थानीय बासिन्दाले धपाउन थालेको प्लान्ट क्वारेण्टिन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।

सलह धपाउन स्थानीय बासिन्दाले आवाज निकाल्ने, आगो बाल्ने र थाल ठटाउनेलगायतका क्रियाकलाप गरेर सलह धपाइरेको क्वारेण्टिन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले जानकारी दिएका छन् । नेपालसँग सिमाना जोडिएको भारत उत्तरप्रदेशकोलगायतका केही स्थानमा सलहको  झुण्ड पनि रहेको केन्द्रले जानकारी दिएको छ ।

ती स्थानमा उडिरहेका झुण्ड जुनसुकै बेला नेपाल आउन सक्ने भएकाले बाँके, बर्दिया, रुपन्देहीलगायतका जिल्लामा उच्च सतर्कता अपनाउनुपर्ने केन्द्र आग्रह गरेको छ । यी स्थानम सलह किरा नियन्त्रण गर्न विषादी छर्कने काम भइरहेको केन्द्रले जानकारी दिएको छ ।

Featured