देश

प्रतितोला ९२ हजार ३ सय पुग्यो सुनको मुल्य 

काठमाडौं, २९ असार-सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ ।  छापावाला सुन आज २ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार सुनको मूल्य ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुनको मूल्य आज २ सय ५ रुपैयाँले बढेर ९१ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । यता, सुनको मूल्य बढ्दा चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेर प्रतितोला ९ सय ९० रुपैयाँमा पुगेको छ ।

Featured