खेलकुद विदेश

एस्टन भिल्लासँग क्रिस्टल प्यालेस पराजित, एभर्टनमाथि उल्भ्सकाे सहज जित

एजेन्सी, असार २९-प्रिमियर लिगकाे रेलिगेसन जाेनमा रहेकाे एस्टन भिल्लासँग १४औँ स्थानकाे क्रिस्टल प्यालेस पराजित गरेको छ । आइतबार राति घरेलु मैदानमा एस्टन भिल्लाले क्रिस्टल प्यालेसमाथि २-० गाेलकाे सहज जित निकालेकाे हाे ।

एस्टनकाे जितमा दुवै गोल ट्रेजेगुएटले गरे । जितसँगै ३० अंकसहित एस्टन भिल्ला १८औँ स्थानमा उक्लिएको छ भने हारेकाे क्रिस्टल प्यालेस ४२ अंकसहित १४औँ स्थानमा छ ।

आइतबार नै भएका अर्काे खेलमा उल्भ्सले एभर्टनमाथि ३-० गाेलकाे सहज जित निकालेको छ । घरेलु मैदानमा उल्भ्सकाे जितमा रउल जेमिनेज, लिन्डर डेनडोन्कर र डिएगो जोटाले १/१ गोल गरे ।

Featured