विदेश

कोरोनाले डब्लूएचओ संकटमा

काठमाडाैं, २९ असार-अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको सहयोग औपचारिक रूपमा रोक्न राष्ट्रपति डोनल्ड ट्रम्पले प्रक्रिया अघि बढाएका छन् । संगठनले कोरोना भाइरसको विश्वव्यापी संक्रमणमा चीनलाई जिम्मेवार नठानेकोमा उनी रुष्ट भएका हुन् ।

अमेरिकी सहयोग आगामी जुलाई महिनापछि बन्द हुनेछ तर सबैभन्दा ठूलो दाताले हात झिक्दा संगठनलाई ठूलै धक्का लाग्नेछ । विश्वका ३९ देशका २ सय ३९ वैज्ञानिकले हावामार्फत कोरोना संक्रमण नहुने संगठनको धारणा पुरानो र अवैज्ञानिक रहेको भन्दै चिठी लेखेको अर्को दिन गत मंगलबार अमेरिकाले संगठनलाई दिँदै आएको सहयोग बन्द गर्न औपचारिक प्रक्रिया अघि बढाएको हो । संगठनले बिहीबार मात्र कोरोना भाइरस संक्रमण हावामार्फत पनि सर्न सक्छ भनेर स्विकारेको थियो ।नागरिक दैनिकबाट

Featured