देश

मिर्गौला प्रत्यारोपणमा नक्कली नाता

काठमाडाैं, २९ असार-नक्कली नाता बनाई मिर्गौला प्रत्यारोपण गरेको आरोपमा प्रहरीले ललितपुर महानगरपालिकाका एक वडाध्यक्ष, प्रशासन कार्यालयका कर्मचारी, २ प्रहरी र प्रत्यारोपणमा संलग्न चिकित्सकसमेत गरी १२ जनालाई पक्राउ गरेको छ ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सक, जनप्रतिनिधि, प्रहरी र प्रशासन कार्यालयका कर्मचारीलाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो ।

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक गोविन्द थपलियाले पक्राउ परेका व्यक्तिउपर म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिए ।

मिर्गौला प्रत्यारोपणका लागि नक्कली नाता प्रमाणित गरिदिने वडाध्यक्ष ललितपुर महानगरपालिका–३ का गोपाल महर्जन भएको प्रहरीले जनाएको छ ।

२७ जेठ २०७६ मा ओखलढुङ्गाका राई थरका एक व्यक्तिको मिर्गौला भक्तपुरका बतास भनिने अर्का व्यक्तिलाई दिइएको थियो । मिर्गौला दिन वडाध्यक्षले सिफारिस बनाइदिएका थिए । राजधानी दैनिकबाट

Featured