देश राजनीति

सरिता गिरीले सर्वोच्चमा हालिन् पार्टी र सरकारविरुद्ध मुद्दा 

काठमाडाैं, २९ असार-समाजवादी पार्टी र सांसद पदबाट निष्कासनका लागि सिफारिस गरिएपछि सरिता गिरीले सर्वोच्च अदालतमा पार्टी र सरकारविरुद्ध मुद्दा हालेकी छन् ।

आफूलाई संसद र पार्टीबाट निष्कासन गर्ने निर्णय अवैधानिक भएको भन्दै सांसद गिरीले सर्वोच्च अदालतमा आइतबार मुद्दा दर्ता गराएकी हुन् । निवेदनमा उनले आफूलाई कारबाही गर्ने निर्णय अवैधानिक भएको जिकिर गरेकी छन् ।

संसदीय दलको सिफारिसमा मात्र आफूलाई केन्द्रीय समितिले कारबाही गर्न सक्ने भएकाले पदाधिकारी बैठकबाट लिइएको निर्णय अवैधानिक भएको दाबी उनले निवेदनमा गरेकी छन् ।

पार्टीको निर्देशनविपरीत लिम्पियाधुरासहितको भूभाग समेट्ने गरी भएको संविधान संशोधन प्रस्तावलाई सच्याउनुपर्ने भन्दै संशोधन दर्ता गरेको र राष्ट्रहितविपरीत अभिव्यक्ति दिएको भन्दै उनलाई पार्टीले कारबाही गरेको थियो । राजधानी दैनिकबाट

Featured