विदेश

दक्षिण अफ्रिकामा काेराेना संक्रमण राेक्न रक्सी बिक्रीमा प्रतिबन्ध

एजेन्सी, असार २९-कोरोना भाइरस संक्रमण राेक्नका लागि दक्षिण अफ्रिकाले रक्सीकाे बिक्रीमा रोक लगाएकाे छ । काेराेना राेकथाम तथा नियन्त्रणकाे प्रयासस्वरूप विभिन्न प्रतिबन्ध घाेषणा गर्दै दक्षिण अफ्रिकाले रक्सीकाे बिक्रीमा राेक लगाउनुका साथै सोमबारदेखि रातकाे समयमा कर्फ्यू लगाएकाे छ ।

यसैगरी, घरबाट बाहिर निस्कनु परे मास्क लगाउन अनिवार्य गरिएकाे छ । बीबीसीका अनुसार दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामफोसाले वर्षमा दाेस्राे पटक रक्सी बिक्रीमा लगाइएकाे प्रतिबन्धले  देशकाे स्वास्थ्य व्यवस्थामा पर्न सक्ने दबाब कम हुने विश्वास व्यक्त गरेका छन् ।

दक्षिण अफ्रिकामा कोरोना संक्रमितकाे संख्या २ लाख ७६ हजारभन्दा धेरै भइसकेकाे छ भने कोरोनाका कारण २ हजारभन्दा बढी मानिसले ज्यान गुमाएका छन् । सरकारकाे एक आकलनअनुसार वर्षकाे अन्त्यसम्ममा कोरोनाबाट मृत्यु हुनेकाे संख्या ५० हजारभन्दा बढी हुन सक्नेछ।

Featured