देश राजनीति

सूर्यराज र मुमारामद्वारा साझा पार्टी परित्यागको तयारी

काठमाडौं, २८ असार-साझा पार्टीका सचिवालय सदस्य डा. सूर्यराज आचार्य र मुमाराम खनाल पार्टी परित्याग गर्ने तयारीमा पुगेको छन् । स्रोतका अनुसार साझा पार्टी र विवेकशील नेपाली दल फेरि एकता गर्ने प्रयासमा जुटेपछि त्यसमा असहमति जनाउँदै उनीहरूले पार्टी परित्याग गर्ने तयारी गरेका हुन् ।

साझा पार्टीको आइतबार बसेको केन्द्रीय कमिटीको बैठकले पार्टी एकताका लागि सम्वाद समिति गठन गरेको छ । साथै आचार्य र खनाललाई धन्यवाद दिने निर्णय गरेको छ ।

असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका समितिहरू भंग गरेर जान ठिक नहुने र विवेकशीललगायतका दलहरूसँग एकीकरण अगाडि बढाउनु पर्ने निर्णय गरेको थियो ।  ११ साउन २०७४ मा पनि पार्टी एकता गरेका साझा र विवेकशील २७ पुस २०७५ मा टुक्रिएका थिए ।