देश राजनीति

सांसदलाई सभामुख सापकोटाको अपिल : विपद्मा परेकालाई उद्धार र राहत वितरणमा जुट्नुहोस्

काठमाडौं, २८ असार-सभामुख अग्निप्रसाद सापकोटाले विपद्मा परेका नागरिकलाई छिटो उद्धार, राहत र पुनःस्थापनामा जुट्न सांसदहरूलाई आह्वान गरेका छन् । उनले आज जारी गरेको अपिलमा विपद्का बेलामा सांसदहरूले सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय गरी आआफ्नो ठाउँबाट पहल गर्न प्रदेश र स्थानीय तहले खेलेको भूमिका महत्वपूर्ण र प्रशंसनीय रहेको उल्लेख विपत्तिमा परेका नागरिकको यथाशक्य छिटो उद्धार, राहत र पुनःस्थापनाका लागि एकजुट भएर लाग्न सम्बद्ध सबैमा अनुरोध गरेका छन् ।

‘विपद्बाट बच्ने उत्तम उपाय जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन, पूर्वतयारी गर्न, पूर्वसूचना प्रणालीको विकास र यसको उच्चतम् प्रयोग गरी विपद्बाट बच्न र क्षतिको न्यूनीकरण गर्न हामीसँग उपलब्ध सबै खाले स्रोत, साधन र संयन्त्रको उच्चतम प्रयोग गर्न अनुरोध गर्दछुु,’ अपिलमा भनिएको छ ।

सरकारकातर्फबाट पूर्वतयारी, घाइतेको उद्धार तथा उपचार, राहत र विस्थापितको पुनःस्थापनाका लागि प्रयास भइरहेको उल्लेख गर्दै यस प्रयासलाई गुणात्मकरुपमा बढाउन जरुरी भएको बताइएको छ ।