देश

विभिन्न देशबाट आज ९७९ नेपाली फर्किए

काठमाडौं, २८ असार-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज ८ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत ९ सय ७९ नेपाली स्वदेश फर्किएका विमानस्थल कार्यालयले जनाएको छ ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिताबाट २ सय ६२ र २ बच्चा, बहराइनबाट १४४ यात्रु ल्याएको छ । त्यस्तै, हिमालय एयरलाइन्सले दमामबाट १ सय ५४, क्वालालम्पुरबाट १ सय ५६ र मनिलाबाट १ सय ८ यात्रु काठमाडौं ल्याएको छ ।

आज आन्तरिकतर्फ मनाङ र सिम्रिक एयरको हेलिकोप्टरले समान १ चार्टर्ड उडान गरेका छन् । आगामी ३ दिनसम्म अन्तर्राष्ट्रिय उडान नहुने विमानस्थलले जनाएको छ ।