देश

संखुवासभामा पहिरोले ८ घर बगाउँदा ११ जना बेपत्ता

संखुवासभा, २८ असार-संखुवासभाको सिलिचोङ गाउँपालिकामा गएराति गएको पहिरोमा ११ जना बेपत्ता भएका छन् । सिलिचोङ गाउँपालिका-१ बेसिन्दामा भीम बहादुर राईसहित ८ जनाको घर बगाउँदा ११ जना बेपत्ता भएका हुन् ।

 जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी नवराज मल्लका अनुसार पहिरोमा पुरिएकाहरूको खोजी तथा उद्दारका लागि प्रहरीको टोली घटनास्थलतर्फ गएको छ ।

सिलिचोङ गाउँपालिका-२ स्थित सिसुवा प्रहरी चौकी र वडा नम्बर ३ मा रहेको ताम्गुको प्रहरी टोली घटनास्थलतर्फ गएको डिएसपी मल्ले जानकारी दिए ।

घटनास्थल विकट स्थानमा रहेको र पानी पर्ने क्रम नरोकिएकाले बिच बाटोमा स-साना पहिरो झरेकोले उद्दारका लागि गएको टोलीलाई सिलिचोङ तर्फ जान पुग्न समस्या परेको प्रहरीले जनाएको छ ।

Featured