देश

तनहुँको क्वारेन्टाइनमा बसेका पुरुषको उपचारका क्रममा मृत्यु

पोखरा, २७ असार-तनहुँमा क्वारेन्टाइनमा बसेका १ व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ । भारतबाट ४ दिनअघि आएर भानु नगरपालिका–२ स्थित शारदा कलेजस्थित क्वारेन्टाइनमा बसेका ६६ वर्षीय पुरुषको उपचारका लागि पोखरा ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।

शनिबार बिहान अकस्मात बिरामी परेपछि उनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले बताए ।

उनी भानु उच्च रक्तचाप, दम र सुगरका बिरामीसमेत रहेका थिए । अकस्मात सास फेर्न गाह्रो भएपछि उनलाई एम्बुलेन्समार्फत पोखरा ल्याउने क्रमामा मृत्यु भएको उपरीक्षक तिमिल्सेनाले बताए ।

४ दिन पहिले भारतबाट आएर क्वारेन्टाइनमा बसेका उनको मृत्यु भएपछि पीसीआर परीक्षणका लागि ‘स्वाब’ को नमूना पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।

Featured