देश

६ लाख नगदसहित लागुऔषध कारोबारी पक्राउ

धनगढी, २७ असार-६ लाख नगदसहित लागुऔषध कारोबारीलाई कैलाली प्रहरीले पक्राउ गरेको छ । टीकापुर नगरपालिका १ बाट २८ वर्षीय शंकर भन्ने छत्रबहादुर साउद र टीकापुर नगरपालिका ६ नारायणपुरका ३६ वर्षीय मुकेश रावललाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई ६ लाख नगद, ३ ग्राम ७०० मिलीग्राम खैरो हेरोइन र डिजिटल तराजुसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।

साउदको घरमा लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको उनले बताए । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Featured