देश

कतारबाट फर्किएका १४९ जनामा कोरोना आशंका

काठमाडौं, २७ असार-कोरोना भाइरस संक्रमणको आशंका भएपछि शुक्रबार कतारबाट फर्किएका १ बालिका, ६ महिलासहित १ सय ४९ लाई होल्डिङ सेन्टरमा नलगी भक्तपुरको चाँगुनारायण नगरपालिका-७ खरिपाटीस्थित क्वारेन्टाइनमा लगिएको छ ।

कतार एयरवेयजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थल ओर्लिएकामध्ये केहीलाई कोरोना संक्रमणको आशंका भएपछि विमानस्थलबाट ९ वटा गाडीमा राखेर सिधै खरिपाटीस्थित क्वारेन्टाइनमा लगिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

एउटै विमानमा आएका केहीलाई कोरोनाको आशंका भएपछि सबै यात्रुलाई नियमअनुसार होल्डिङ सेन्टरमा लगेपछि त्यहाँको प्रक्रिया पूरा गरी सम्बन्धित जिल्लामा पठाउने गरिए पनि उनीहरूलाई भने सिधै क्वारेन्टाइनमा लगिएको हो । क्वारेन्टाइनमा लगेर पीसीआर परीक्षणको तयारी गरिएको प्रजिअ पाण्डेले जानकारी दिइन् ।

Featured