देश

अमेरिकामा एकैदिन थपिए ७१ हजार कोरोना संक्रमित

एजेन्सी, असार २७-संयुक्त राज्य अमेरिकामा एकैदिन ७१ हजार कोरोना संक्रमित थपिएका छन् । वल्डोमिटरका अनुसार शुक्रबार त्यहाँ अहिलेसम्मकै बढी ७१ हजार ७१ हजार ३ सय ५५ संक्रमित थपिएका हुन् ।

योसहित अमेरिकामा संक्रमितको संख्या ३२ लाख ९१ हजार पुगेको छ । जसमध्ये १४ लाख ५४ हजार संक्रमित डिस्चार्ज भएका छन् । अमेरिकामा अहिलेसम्म कोरोनाबाट १ लाख ३६ हजार ६ सय संक्रमितले ज्यान गुमाएका छन् । गत २४ घण्टामा त्यहाँ ८ सय ३० संक्रमितको मृत्यु भएको छ । अमेरिकामा अहिले १६ लाख ९९ हजार संक्रमितको उपचार जारी छ । जसमध्ये साढे १५ हजार संक्रमितको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै, ब्राजिलमा संक्रमितको संख्या १८ लाख ४ हजार नाघेको छ । गएको २४ घण्टामा त्यहाँ ४५ हजार २ स नयाँ संक्रमित थपिँदा १ हजार २ सय ७० जनाले ज्यान गुमाएका छन् ।

हालसम्म ब्राजिलमा ११ लाख ८५ हजार ५ सय संक्रमित उपचारपछि घर फर्किएका छन् ।  भारतमा गत २४ घण्टामा २७ हजार ७ सय संक्रमित थपिएका छन् ।

योसँगै त्यहाँ संक्रमितको संख्या ८ लाख २२ हजार नाघेको छ । जसमध्ये ५ लाख १६ हजार निको हुँदा २२ हजार १ सय ४४ संक्रमितले ज्यान गुमाएका छन् ।

विश्वका २ सय १५ देशमा फैलिसकेको कोरोनाबाट शनिबार बिहानसम्म १ करोड २६ लाख १४ हजार व्यक्ति प्रभावित भइसकेका छन् । जसमध्ये ७३ लाख १९ हजार डिस्चार्ज हुँदा ५ लाख ६१ हजार संक्रमितले ज्यान गुमाएका छन् ।

Featured