विदेश

न्यूजिल्याण्ड सरकार जनतासँग हतियार खरिद गरिंदै

काठमाडौं, एजेन्सी, भदौ २-गत मार्च १५ मा क्राइस्टचर्च माथि भएको चरमपन्थी हमलापछि न्यूजिल्याण्डले अनौठो पहल गरेको छ। सरकारले ‘गन बाय–ब्याक’ योजना अन्तरगत हतियार खरिद गरिरहेको छ।

२० जूनमा यो योजना लागू भएपछि मानिसहरुले ५० दिनमा १२ हजार १ सय ८३ हतियार फर्काएका छन्। यसमा ११ हजार हतियार प्रतिबन्धित श्रेणीका छन्। सरकारले यसको बदलामा दुई सय मिलियन न्यूजिल्याण्ड डलर (१४ अर्ब रुपैयाँ) बजेट छुट्याएको छ। न्यूजिल्याण्ड सरकार आफैंलाई जनतासँग कति हतियार छ भनेर थाहा छैन। यद्यपि, एक अनुमानका अनुसार वैध र प्रतिबन्धित मिलाएर मानिसहरुसँग १२ लाख हतियार छन् जबकी न्यूजिल्याण्डको जनसंख्या ४७.९ लाख छ। अर्थात्, हरेक चौथो व्यक्तिसँग एउटा बन्दुक छ।

मानिसहरुबाट उनीहरुको बन्दुक फिर्ता पाउनका लागि विशेष सूत्र तयार गरिएको छ। जुन बन्दुक खराब स्थितीमा छन् त्यसको लागि २५ प्रतिशत भुक्तानी गरिँदै छ भने राम्रो स्थितीमा भएका बन्दुकका लागि ९५ प्रतिशतसम्म भुक्तानी दिइँदैछ।

Featured