देश राजनीति

बालुवाटारमा विपद् व्यवस्थापन परिषद्को बैठक जारी

काठमाडौं, २७ असार-देश विभिन्न भूभागमा बाढीपहिरोले ठूलो जनधनको क्षति गरेपछि विपद् व्यवस्थापन परिषद्को बैठक बसेको छ । बैठक अहिले प्रधानमन्त्री निवास वालुटारमा जारी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकमा प्रधानमन्त्रीसहित विपक्षी दलका शीर्ष नेताहरू पनि सहभागी छन् ।  केही दिनदेखिको लगातारको वर्षाले बझाङ, सिन्धुपाल्चोक, कास्की, म्याग्दीलगायत जिल्लामा ठूलो नोक्सानी पुर्‍याएको छ ।

Featured