देश राजनीति

‘सरकार पार्टीको समस्यामा अल्झिएर जनताको जीवनरक्षाको दायित्वबाट पछि हट्दैन’

काठमाडौं, २६ असार-प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार पार्टीको आन्तरिक विमति वा समस्यामा अल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट विमुख बन्न नमिल्ने बताएका छन् । शुक्रबार साँझ देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘मैले पहिले पनि भनेको छु । रोग र भोकबाट जनतालाई जोगाउने दायित्वबाट सरकार कुने पनि हालतमा पछि हट्दैन,’ उनले भने, ‘त्यसैले मेरो र मैले नेतृत्व गरेको सरकारको सारा ध्यान सम्पूर्ण प्रयास महामारी र विपत्तिमा परेका जनताको रक्षामा केन्द्रित छ र रहनेछ ।’

Featured