देश राजनीति

‘दलभित्रका विमति नितान्त आन्तरिक हुन्, आपसी सहमतिबाटै सुल्झाइन्छ’

काठमाडौं, २६ असार-प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले कतिपय राजनीतिक विषयका सन्दर्भप्रति जनताको ध्यान तानिएको बताए । उनले यस्तो जासो र जिज्ञासा हुनु स्वाभाविक हुने बताए ।

‘महामारी र प्राकृतिक विपत्तिको समयमा पनि राजनीतिक बहस किन भन्नु अन्यथा पनि होइन । जुनसुकै राजनीतिक दलभित्र हुने आन्तरिक हो । त्यसलाई निष्कर्षमा पुर्‍याउने दायित्व  सम्बन्धित राजनीतिक दल र नेताहरूकै हो’ उनले भने ‘पार्टीभित्र हुने यस्ता छलफल बहस र विमतिहरू नितान्त आन्तरिक र कतिपय अवस्थामा नियमित प्रक्रिया पनि हुन् । यस्ता विषयहरू सम्बन्धित दल र नेताहरूले आपसी सहमतिबाटै सुल्झाउने छन् । त्यसका लागि धैर्यता र  सयम आवश्यक रहेको छ ।’

उनले अहिले चर्चमा रहेका राजनीतिक परिदृष्यका कारण कतिपयमा राजनीतिक स्थिरता स्थायित्व र स्थापित प्रणालीमा प्रति चिन्ता बढेको पाइको बताए । उनले आम नेपालीमाझ आवपसी एकता बढाउन, संघीय गणतन्त्रको रक्षा गर्न, राष्ट्रिय स्वाभिमान माथि उठाउन देशको सार्भौमसत्ता र भौगोलिक अखण्डता अक्षुण राख्न आफ्ना तर्फबाट दृण अडान र हदैसम्मको प्रयास गर्ने बताए ।

Featured