देश

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, २६ असार-पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल डिजल/मट्टितेलमा प्रतिलिटर १ रुपैयाँका दरले मूल्य वृद्धि गरेको हो ।निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पछिल्लो पटक इन्डियन आयल कर्पोरेशनबाट आएको मूल्यसूचीमा पेट्रोलमा प्रतिलिटर ३.६५, डिजलमा प्रतिलिटर ३.८२, मट्टितेलमा प्रतिलिटर १४.२५, हवाई इन्धनमा प्रतिलिटर ३.०३ र एलपी ग्यासमा प्रतिसिलिण्डर ६.६६ रुपैयाँ वृद्धि भएर आएको हो ।

आज रातिबाट लागू हुनेगरी पेट्रोल तथा डिजेल मट्टीतेलमा साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रूपैयाँ वृद्धि गरिएको उनले जानकारी दिए ।

मूल्य समायोजन भएसँगै काठमाडौं उपत्यकालागि पेट्रोलको मूल्य १०२ रुपैयाँ कामयम भएको छ भने डिजेल र मट्टितेलको मूल्य ८८ रुपैयाँ कायम भएको छ । निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखेको छ । यसअघि असार १६ गते निगमले पेट्रोलको मूल्य ५ रुपैयाँ र डिजेल/मट्टीतेलको मूल्य २ रुपैयाँ बढाएको थियो ।

Featured