एजेन्सी, असार २६-विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को टोली कोरोना भाइरस उत्पत्तिबारे अध्ययन गर्न चीन प्रस्थान गरेको छ । डब्लूएचओका प्रवक्ता मार्गरेट ह्यारिस ले डब्लूएचओको विशेषज्ञ टोली शुक्रबार चीन प्रस्थान गरेको जानकारी दिएकी छन् ।
टोलीमा रहेका दुई जना विशेषज्ञमध्ये एक जना पशु विज्ञान र अर्का महामारीसम्बन्धी विज्ञ हुन् । सो टोलीले चिनियाँ वैज्ञानिकसँग मिलेर अनुसन्धानको दायरा र यस सम्बन्धमा गरिने थप अध्ययनका कार्यक्रम निर्धारण गर्नेछ ।
उनले भनिन्, ‘दुई सदस्य चीनका लागि प्रस्थान गरेका छन् । जाँचको दायरा तय गर्नका लागि यो टोलीले काम गर्नेछ ।’ ह्यारिसले वैश्विक स्तरमा कोभिड–१९ महामारीको लडाइँको समीक्षाका लागि बिहीबार बनाइएको एक स्वतन्त्र प्यानलमा डब्लूएचओको कुनै भूमिका नरहने पनि बताएकी छन् ।
प्रतिक्रिया दिनुहोस