देश मनोरंजन

‘पिरिम नलाउने’को आरम्भ ‘गल्बन्दी-पछ्यौरी’ सार्वजनिक

काठमाडौं, २६ असार-गायक आशीष सचिनको नयाँ गीत सार्वजनिक भएको छ । ‘पिरिम नलाउने’ बोलको गीतबाट चर्चामा आएका आशीषले ‘पिरिम नलाउने, ‘पिरिम नलाउने’को आरम्भका रूपमा सहकार्यमा ‘गलबन्दी-पछ्यैरी’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

शुक्रबार १ कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो । गीत सार्वजनिक गर्दै आशीषले आफूले अहिलेसम्म दर्शकको उत्साहजनक साथ पाएको र यस गीतबाट पनि राम्रो साथ पाउने आस व्यक्त गरे ।

‘आज म यहाँ दर्शकको मायाकै कारण छु । दर्शकको माया नपाएको भए यहाँ हुने थिएन’ उनले भने, ‘त्यसैले यस गीतबाट पनि माया पाउनेमा विश्वस्त छु ।’

यस गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ । गीतमा आशीषसँगै मेलिना राईले पनि स्वर सुन्न सकिन्छ । आशीष सचिन इन्टरटेन्टमेन्ट र ओएसआर डिजिटलको प्रस्तुतिमा बनेको भिडियोमा गायक आशीषसँगै, वर्षा राउत, रेश्मा घिमिरेलगायतको अभिनय छ । भिडियोमा आशीष र वर्षाको प्रेममा रेश्मा छिरेको देखाइएको छ ।

सुव्रतराज आचार्यको निर्देशनमा बनेको भिडियोमा गम्भीर विष्टको कन्सेप्ट तथा नृत्य निर्देशन छ । अर्जुन तिवारी र उनको टिमले खिचेको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका छन् ।

Featured