देश

शुक्रबार उपत्यकामा थपिए ४२ कोरोना संक्रमित

काठमाडौं, २६ असार-उपत्यकाका ३ जिल्लामा थप ४२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं, भक्तपुर र ललितपुरका थप ४२ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरे ।

उनका अनुसार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालाको परीक्षणमा काठमाडौंका १ को रिपोर्ट पोजेटिभ आएको हो । त्यस्तै, पाटनमा अस्पतालको प्रयोगशालमा भक्तपुरका १, काठमाडौंका १५ र ललितपुरका १३ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, महाराजगञ्जस्थित टिचिङ अस्तालको प्रयोगशालमा गरिएको परीक्षणमा काठमाडौंका १२ जनामा कोरोना देखिएको उनले बताए । योसँगै शुक्रबार देशभर ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रवक्ता डा. गौतमका अनुसार नेपाल सक्रिय संक्रमित संख्या भने ८ हजार ६०३ रहेको छ । नेपालमा कुल संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ ।

Featured