पछिल्लो २४ घण्टाको अवधिमा देशभरका २५ वटा प्रयोगशालमा ४ हजार ८०६ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । योसँगै हालसम्म २ लाख ७५ हजार ९५१ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
शुक्रबारसम्म २३ हजार ९१० जना क्वारेन्टाइनमा रहेका छन् भने ८ हजार ६०३ जना आइसोलेसनमा रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसलाई जितेर घर फर्किनेको संख्या १२० रहेको छ । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ हजार ११ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस