देश

ठगी आरोपमा ज्योतिषी अर्जुन क्षेत्री पक्राउ

काठमाडौं, २६ असार-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सहसचिव हुँ भन्दै ठगी गर्दै हिँडेका अर्जुन थापा क्षेत्री पक्राउ परेका छन् । स्रोतका अनुसार आयोगको टंगाल टोलीले क्षेत्रीसहित ९ जनालाई ठगीको आरोपमा पक्राउ गरेको हो ।

नेपाल विधुत् प्राधिकरणले खरिद गरेको जग्गामा घोटाला भयो भन्दै उनीहरूले ४ करोडको मागेका थिए । अख्तियार स्रोतका अनुसार उनीहरूको डिल ५० लाख रुपैयाँमा मिलेको थियो ।

सो पैसा लिन जाँदा उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ । क्षेत्री यसअघि पनि भूकम्प आउँछ भनेर भ्रम फैलाएको आरोपमा पक्राउ परेका थिए ।

Featured