विदेश

अन्ततः कुख्यात डन विकास दुबेको इन्काउन्टर 

एजेन्सी, असार २६-भारतको ‘कानपुर सुटआउट’का मुख्य आरोपी कुख्यात डन विकास दुबेको इन्काउन्टर गरेको छ । उत्तर प्रदेश प्रहरीले मुठभेडका क्रममा विकास दुबेकाे मृत्यु भएकाे बताएकाे छ । प्रहरीले उनलाई बिहीबार एक मन्दिर क्षेत्रबाट पक्राउ गरेकाे थियाे ।

प्रदेशकाे स्पेसल टास्क फाेर्सले उनलाई उज्जैन हुँदै सडककाे बाटाे कानपुल  लिएर जाँदै गर्दा गाडी पल्टिएपछि भाग्ने काेसिस गरेका विकास दुबेमाथि गाेली चलाउनुपरेकाे बताएकाे छ । कानपुर रेन्जका आईजी मोहित अग्रवालले समाचार एजेन्सी पीटीआईलाई विकास दुबे मारिएकाे पुष्टि गरेका छन् । यसअघि प्रहरीले विकास दुबेका ३ सहयोगीको इन्काउन्टर गरेको थियो ।

Featured