देश राजनीति

नेकपा स्थायी कमिटी बैठक १ साता स्थगित

काठमाडौं, २६ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक १ सातासम्मका लागि स्थगित गरिएको छ । देशभर बाढी पहिराको प्रकोपले ठूलो जनधनको क्षति पुर्‍याएको परिस्थितिलाई मध्यनजर गर्दै बैठक आगामी शुक्रबारसम्म स्थगित गरिएको हो ।

सम्पूर्ण पार्टीपंत्तिलाई उद्दार एवं राहतमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टीको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको स्थगित गरिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिए ।

Featured