देश राजनीति विदेश

भारतीय सञ्चारमाध्यमले चलाएको कूप्रचार निन्दनीय : भीम रावल

काठमाडौं, २५ असार-सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावलले भारतीय सञ्चारमाध्यमले चलाएको कूप्रचार निन्दनीय भएको बताएका छन् । उनले नेपालको गरिमा र स्वाभिमानमा आँच पुग्ने गरी चलाएको कूप्रचार खण्डन र प्रतिवाद गर्नुपर्ने बताए । नेता रावलले सामाजिक सञ्जाल ट्विटरमा आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

उनले भारतीय सञ्चार माध्यमका विषयवस्तबारे यथोचित राजनीतिक र कूटनीतिक उपचारका लागि सरकारका सम्बन्धित तह र निकायले काम गर्नु पर्ने बताएका छन् ।

‘नेपालको गरिमा र स्वाभिमानमा आँच पुग्ने गरी भारतीय सञ्चार माध्यमले चलाएको कुप्रचार निन्दनीय छ’ उनले भनेका छन्, ‘यस्तो कुप्रचारको खण्डन र प्रतिवाद गर्दै यथोचित राजनीतिक र कूटनीतिक उपचारका लागि नेपाल सरकारका सम्बन्धित तह र निकायले काम गर्नुपर्छ ।’

पछिल्लो समय प्रधानमन्त्री तथा नेपालका लागि चिनियाँ राजदूतको नाम जोडेर भारतीय न्युज च्यानलमा आपत्तिजनक विषयहरू प्रसारण हुन थालेका छन् ।

प्रधानमन्त्री र नेपालका बारेमा निरन्तर फेक न्युज दिएपछि बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटरहरूले गरेका छन् ।

Featured