देश

विपद् व्यवस्थापनमा नयाँ रणनीति अपनाउन गृहमन्त्री थापाको निर्देशन

काठमाडौं, २५ असार-गृहमन्त्री रामबहादुर थापाले मनसुनका कारण उत्पन्न हुने विपदको व्यवस्थापनमा नयाँ रणनीति अपनाई काम गर्न निर्देशन दिएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा बोल्दै गृहमन्त्री थापाले अहिलेसम्म अपनाइएको सतर्कताले नपुग्ने भन्दै नयाँ रणनीतिका साथ अगाडि बढ्न निर्देशन दिएका हुन् ।

‘अब यसलाई कसरी समाधान गर्ने यो संकटलाई अहिले आएको र अब आउने भावि संकटलाई भनेर दुईवटा कुरा गर्न जरुरी छ । अब हामीले हाम्रो सतर्कता हाम्रो केन्द्रको कार्यसमिति यससित सम्बद्ध सबै विभागहरू सबै सरोकारवाला संघ संस्थाहरू यससित आवद्ध छन् । हामीले हाम्रो सतर्कतालाई उच्च अवस्थामा पुर्‍याउन जरुरी छ’ उनले भने ‘जसलाई हाइ एलर्ट हामी भन्छौं । हामी हाइ अलर्टको अवस्थामा रहन जरुरी छ, चौबिसै घण्टा । मलाई लाग्छ पक्कै पनि हाम्रा सबै सम्बद्ध संस्थाहरू विभागहरू सतर्क नै हुनुहुन्छ तर यति सतर्कताले पुग्दैन । यसलाई अझ बढाउन जरुरी छ भन्ने लाग्छ ।’

Featured